अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिलाई  « Khabarhub

अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिलाई 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ । भक्तपुरमा बुधबार सम्पन्न  प्रतियोगितामा जुनियर व्याइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै जितेको छ । त्यस्तै गर्ल्सतर्फको उपाधि भने निरुपति इंगलिश बोर्डिग हाइस्कुल काठमाडौंले जितेको छ । 

एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताको दोश्रो स्थानमा सिनियर व्याइजतर्फ सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, जुनियर व्याइजतर्फ युनिक स्कुल काठमाडौं र गल्र्सतर्फ इनोभेटिभ स्कुल दोश्रो भए ।

विजयी स्कुल तथा टिमहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । 

जोशीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रलाई  विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताइन् । उनले नगरपालिकाले चारवटा विधामा तालिम सञ्चालन गरिरहेको जानकारी दिइन् । 

आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेललाई प्रतियोगितामा मात्रै सीमित नराखी सिक्ने थलोको रुपमा पनि लिनुपर्ने बताए । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : १९ बजे

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन