‘समावेशी अधिकार निश्चित समयसम्मका लागि हो’ « Khabarhub

‘समावेशी अधिकार निश्चित समयसम्मका लागि हो’


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताएकी छिन् । 

अखिल (क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा आज आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले भनिन्, ‘महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ ।’

जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत लैजानुपर्नेमा जोड दिइन् । 

उनले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादीरूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गरिन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य ओनसरी घर्तीमगरले तीजमार्फत अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताए  । उनले भनिन् , ‘कम्युनिष्टहरू भौतिकवाद र विज्ञानमा विश्वास गर्छन्, उनीहरूले तीजलाई समाज रूपान्तरणका लागि चेतना विस्तार गर्ने पर्वका रूपमा मनाउनुपर्छ ।’ 

अखिल (क्रन्तिकारी)का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन् । 

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी महासङघ, महिला विभागले पनि आज यहाँ तीज विशेष कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीले तीज मनाएका छन् । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : ०२ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को