हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन « Khabarhub

हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले एक्कासी अनधिकृत संरचना भत्काउन सुरु नगरेको स्पष्ट पारेका छन् ।

आज राजधानीको विभिन्न स्थानमा अनधिकृत रुपमा निर्मित संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर शाहले अनधिकृत संरचना भत्काउनका लागि ३५ दिने सूचना जारी गरेको तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि सम्पर्कमा नआएकाले संरचना भत्काइएको स्पष्ट पारे ।

उनले अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सँधै रहने समेत जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले भनेका छन्– ‘अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।
अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ ।’

उनले त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारवाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति तिराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : ५० बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित