विश्व इतिहासमा आज : राष्ट्रपति जर्ज वाशिंटनको ‘न्यायिक ऐन १७८९’ मा हस्ताक्षर देखि गिनी–बिसाउको स्वतन्त्रतासम्म  « Khabarhub

विश्व इतिहासमा आज : राष्ट्रपति जर्ज वाशिंटनको ‘न्यायिक ऐन १७८९’ मा हस्ताक्षर देखि गिनी–बिसाउको स्वतन्त्रतासम्म 


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल असोज ८ गते शनिबार। सन् २०२२ को सेप्टेम्बर २४ तारिख। आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९७३ सेप्टेम्बर २४ मा गिनी–बिसाउले स्वतन्त्रता प्राप्त गरेको थियो। पोर्चुगलको अधिनमा भएको सो राष्ट्रले स्वतन्त्रताको मान्यता भने सन् १९७४ सेप्टेम्बर १० मा पाएको थियो।

सन् १९७० सेप्टेम्बर २४ मा सोभियत ‘लुना १६’ सोभियत कजाकिस्तानमा अवतरण भएको थियो। मानवबिना सो यानले चन्द्रमाको यात्रा पुरा गरेको थियो।

सन् १९६० सेप्टेम्बर २४ मा ‘इन्टरप्राईज’ नामक आणविक सञ्चालित विमान वाहक प्रक्षेपण गरिएको थियो।

सन् १९५७ सेप्टेम्बर २४ मा स्पेनको बार्सिलोनास्थित यूरोपको सबैभन्दा विशाल रंगशाला ‘क्याम्प नोउ’ फुटबल समर्थकहरुको लागि खुल्ला गरिएको थियो। ९९,००० दर्शक अटाउने सो रंगशाला विश्वको ११ औँ विशाल रंगशाला हो। बार्सिलोना फुटबल क्लबको गृह मैदानमा रुपमा पनि सो रंगशाला प्रसिद्ध छ।

सन् १९४८ सेप्टेम्बर २४ मा सोइचिरो होन्डाले ‘होन्डा मोटर कम्पनी’ को स्थापना गरेको थियो। सो कम्पनीको विश्वमा नै मोटरसाइकलको सबैभन्दा ठुलो उत्पादकको रुपमा पनि प्रसिद्ध छ।

सन् १८६९ सेप्टेम्बर २४ मा जेम्स फिस्क र जे गोल्डको नेतृत्वमा सट्टेबाजहरु सुनको भण्डारण गर्न सुरु गरेसँगै सुनको मुल्य अत्याधिक बढेको थियो। सो दिनलाई संयुक्त राज्य अमेरिकामा ‘ब्ल्याक फ्राईडे’ को रुपमा चिनिन्छ।

सन् १७८९ सेप्टेम्बर २४ मा राष्ट्रपति जर्ज वाशिंटनले ‘न्यायिक ऐन १७८९’ हस्ताक्षर गरेसँगै कानुनमा परिणत भएको थियो। संयुक्त राज्य अमेरिकामा पहिलो कांग्रेसमा सो ऐन पारित भएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : २४ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका