अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने « Khabarhub

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो ।

पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने उनीहरूको भनाई छ ।

तालिवान सरकारको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता अहमद ताक्विले ३५ ओटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको जानकारी दिए। अरु केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको उनले बताए ।

परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० ओटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका छन् ।

अफगानिस्तानमा अहिले १६५ ओटा फरक फरक शैक्षिक पाठ्यक्रम देशभरी लागू अवस्थामा रहेको पनि उनले जानकारी दिए ।

अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि छात्रालाई विद्यालयमा पठन पाठनका लागि प्रतिवन्ध लगाइएको छ । उनीहरूलाई रोजगारी गर्न समेत निषेध गरिएको छ ।

त्यसैगरी महिलाहरूलाई घर बाहिर जानु परेमा बुर्का लगाएर र कम्तीमा एक जना आफन्तलाई सँगै लिएर मात्रै जान आदेश दिइएको छ ।

छात्रालाई पठन पाठन गर्न नदिने र रोजगारी गर्न नपाउने आदेशका विरुद्ध निरन्तर आन्दोलन भइरहेपनि सरकारले वेवास्ता गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट समेत यस बारेमा दवाव आउँदा छात्रालाई पढ्न र रोजगारी गर्न पाउने व्यवस्था गरिने आश्वासन तालिवान सरकारले दिने गरेपनि व्यवहारमा अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : ०१ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता