इटालीकी नवनियुक्त प्रधानमन्त्री मेलोनीद्वारा एकताका लागि आह्वान « Khabarhub

इटालीकी नवनियुक्त प्रधानमन्त्री मेलोनीद्वारा एकताका लागि आह्वान


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालीकी नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकी हुन् ।

उनले शनिबार इटालीको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सपथ लिएकी थिइन् । उनलाई त्यहाँका पूर्व प्रधानमन्त्री मारियो ड्राघीले एक समारोहबीच पद हस्तान्तरण गरेका हुन् । सन् २०२१ को जनवरीमा ड्राघी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी त्यसअघि गभर्नरका रुपमा कार्यरत रहेका थिए । उनी केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहेका थिए ।

मेलोनीको दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्वप्रधानमन्त्री ड्राघीले आग्रह गरेका हुन् ।

उनले हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाएकी छिन् र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेकी छिन् । उनले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : १९ बजे

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू