जोनसन पछि हटेसँगै ऋषि सुनाक बेलायती प्रधानमन्त्री बन्ने निश्चितप्रायः « Khabarhub

जोनसन पछि हटेसँगै ऋषि सुनाक बेलायती प्रधानमन्त्री बन्ने निश्चितप्रायः


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती कन्जरभेटिभ पार्टीका भारतीय मूलका सांसद् ऋषि सुनाक नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै बनेको छ । पूर्वप्रधानमन्त्री बोरिस जोनसन प्रधानमन्त्री पदको दौडबाट पछि हटेसँगै सुनाक नयाँ प्रधानमन्त्री बन्ने निश्चितप्रायः बनेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

गत बिहीबार लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएसँगै बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन गर्दैछ । यसका लागि बोरिस जोनसनले पनि उम्मेदवारी दिने अपेक्षा गरिएको थियो । यद्यपि उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको घोषणा गरेका छन् ।

प्रधानमन्त्री बन्नका लागि अर्की कन्जरभेटिभ सांसद पेनी मोर्डन्ट पनि प्रतिस्पर्धामा उत्रिएकी छिन् । यद्यपि उनले आवश्यक सांसदहरुको समर्थन जुटाउन अझै संघर्ष गरिरहेको जनाइएको छ ।

नयाँ प्रधानमन्त्रीको प्रारम्भीक चरण पार गर्नका लागि बेलायती संसदमा कन्जरभेटिभ पार्टीका ३५७ सांसदमध्ये १ सय सांसदको समर्थन आवश्यक पर्छ । सुनाकले १ सय ५५ सांसदको समर्थन बटुलिसकेको बीबीसीले जनाएको छ । हालसम्म १८० सांसदले उम्मेदवारहरुलाई आफ्नो समर्थन घोषणा गरेका छन् ।

यसअघि जोनसनको समर्थनमा आएका केही सांसदहरु पनि उनले प्रधानमन्त्रीको दौडबाट पछि हट्ने घोषणा गरेसँगै सुनाकको पक्षमा उभिएको बीबीसीले जनाएको छ ।

हालसम्म १८० कन्जरभेटिभ सांसदहरुले आफ्नो समर्थन पेश गरिसकेका छन् । बीबीसीका अनुसार मोर्डन्टले केबल २५ सांसदको समर्थन बटुलेकी छिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ३५ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र