जोनसन पछि हटेसँगै ऋषि सुनाक बेलायती प्रधानमन्त्री बन्ने निश्चितप्रायः « Khabarhub

जोनसन पछि हटेसँगै ऋषि सुनाक बेलायती प्रधानमन्त्री बन्ने निश्चितप्रायः


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती कन्जरभेटिभ पार्टीका भारतीय मूलका सांसद् ऋषि सुनाक नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै बनेको छ । पूर्वप्रधानमन्त्री बोरिस जोनसन प्रधानमन्त्री पदको दौडबाट पछि हटेसँगै सुनाक नयाँ प्रधानमन्त्री बन्ने निश्चितप्रायः बनेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

गत बिहीबार लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएसँगै बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन गर्दैछ । यसका लागि बोरिस जोनसनले पनि उम्मेदवारी दिने अपेक्षा गरिएको थियो । यद्यपि उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको घोषणा गरेका छन् ।

प्रधानमन्त्री बन्नका लागि अर्की कन्जरभेटिभ सांसद पेनी मोर्डन्ट पनि प्रतिस्पर्धामा उत्रिएकी छिन् । यद्यपि उनले आवश्यक सांसदहरुको समर्थन जुटाउन अझै संघर्ष गरिरहेको जनाइएको छ ।

नयाँ प्रधानमन्त्रीको प्रारम्भीक चरण पार गर्नका लागि बेलायती संसदमा कन्जरभेटिभ पार्टीका ३५७ सांसदमध्ये १ सय सांसदको समर्थन आवश्यक पर्छ । सुनाकले १ सय ५५ सांसदको समर्थन बटुलिसकेको बीबीसीले जनाएको छ । हालसम्म १८० सांसदले उम्मेदवारहरुलाई आफ्नो समर्थन घोषणा गरेका छन् ।

यसअघि जोनसनको समर्थनमा आएका केही सांसदहरु पनि उनले प्रधानमन्त्रीको दौडबाट पछि हट्ने घोषणा गरेसँगै सुनाकको पक्षमा उभिएको बीबीसीले जनाएको छ ।

हालसम्म १८० कन्जरभेटिभ सांसदहरुले आफ्नो समर्थन पेश गरिसकेका छन् । बीबीसीका अनुसार मोर्डन्टले केबल २५ सांसदको समर्थन बटुलेकी छिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ३५ बजे

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू