बलात्कार आरोपी वडाध्यक्ष पक्राउको माग गर्दै प्रदर्शन « Khabarhub

बलात्कार आरोपी वडाध्यक्ष पक्राउको माग गर्दै प्रदर्शन


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बारा– निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध गत २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भए पनि अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै सोमबार स्थानीय महिला अधिकारकर्मीले आन्दोलन सुरु गरेका छन् ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैँको टीकाका दिन १९ असोजमा अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । बालिकालाई बलात्कार गर्ने अभियुक्तको नाममा पीडितले किटानी जाहेरी दिए पनि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।

बालिका बलात्कारको आरोपीलाई पक्राउ र कारबाहीको माग गर्दै सोमबार महिला अधिकारकर्मीहरूले निजगढमा प्रदर्शन गरेका हुन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडित परिवारलाई पीडकका आफन्तहरूले मानसिक तनाव दिने गरेकाले पीडितका परिवारको संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगायतका माग गरेका छन् ।

उनीहरूले दोषीलाई कारवाही गर्न प्रहरी प्रशासनले तदारुकता नदेखाएको भन्दै सक्रिय भएर लाग्नसमेत प्रहरी प्रशासनलाई आग्रह गरे । उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय निजगढले मुचुल्कासमेत उठाएको छ । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण र बयानसमेत लिएर जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

जबर्जस्ती करणी गरेको भन्दै १५ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालयमा निजगढमा गत मंगलबार जाहेरी दर्ता गरेपछि वडाध्यक्ष श्रेष्ठविरुद्ध जिल्ला अदालत बाराले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।

पुर्जी जारी भएलगत्तै पक्राउ गर्न भनेर प्रहरी निरीक्षक ओली नेतृत्वको प्रहरी टोली वडा अध्यक्ष श्रेष्ठको घरमा पटकपटक पुगेको थियो । अध्यक्ष श्रेष्ठ घरमा फेला नपरेको प्रहरीले बताएको छ । आफूविरुद्ध जबर्जस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष राजन श्रेष्ठ फरार भएका छन् । 


प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ०० बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले