बाढीपहिरोले जुम्लामा धानबालीमा ठूलो क्षति « Khabarhub

बाढीपहिरोले जुम्लामा धानबालीमा ठूलो क्षति


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला– बाढीपहिरोले जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सडकदेखि घर तथा बस्ती जोखिम भएकाले धानबालमिा भएको क्षति यकिन गरिएको छैन ।तर पाक्नै लागेका धानका फाँट बगेपछि किसानलाई ठूलो समस्या भएको छ । यसपटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका–१ बड्कीका लालबहादुर शाहीले बताए । सिंजा क्षेत्रमा धानवालीसहित, सिमी, मकै, कोदो र बर्खेबालीमा यसपटकको भारी वर्षाले क्षति पुर्‍याएको छ ।

कनकासुन्दरी–५ निवासी उपेन्द्र न्यौपानेका अनुसार १९ देखि २६ असोजसम्म पानीको सतह बढेपिछि सिंजा क्षेत्रको कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो, बाधंगागा ज्यूलो, धिमीचौर ज्यूलामा धानसहित खेतमा समेत क्षति पुगेको छ ।

बाढीपहिरोपछि क्षति बढेपछि सरकारले जुम्ला, हुम्ला, कालिकोट र मुगुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोहीअनुसार अहिले जुम्लामा पनि राष्ट्रिय विपत प्राधिकरणको टोली संकटग्रस्त क्षेत्रमा काममा लागेको छ । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सिंजा क्षेत्रमा काम गरेर पातारासी गाउँपालिकामा टोली काम खटिएको बताइन्।  

लगातारको वर्षाले सिंजा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । बाढी पहिरोले मानवीय क्षतिसँगै भौतिक क्षतिले सिंजा अहिले आक्रान्त छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा एक हजार नौ सय ५२ मानिस विस्थापित भएका छन् । जसमध्ये सिंजा गाउँपालिकामा सात सय २५ जना र कनकासुन्दरी, गाउँपालिकामा २९८ जना गरी १०२३ जना नागरिक विस्थापित भएका छन् । सिंजा गाउँपालिका भवनमा बाढी पसेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए  । बाढीपहिरोमा परी गत २२ र २३ असोजमा सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिका–७ वारकोटेवाडामा पहिरोले एकै परिवारका पाँचजना, छिमेकी दुईजना र पुल तर्दै गर्दा सोही वडामा एकजना गरी आठजनाको मृत्यु भएको थियो । 

हिमा गाउँपालिकामा सबैभन्दा धेरै घर क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । गाउँपालिकाको पछिल्लो तथ्यांकअनुसार ३८६ घरधुरी पूर्ण क्षति भएका छन् । अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार ३८६ घरधुरीका करिब एक हजारभन्दा बढी मानिस विस्थापित छन् ।

हिमाको पछिल्लो तथ्यांकअनुसार पाँच सय १९ घर आंशिक र ६ सय १३ घर सामान्य क्षति भएका छन् । हिमा गाउँपालिका–३ जोगिवाडामा एक आमा र छोरालाई घरबाट सुरक्षित स्थानमा जाँदै गर्दा बाढीले बगाएको थियो । स्थानीय सत्यदेवी योगी र उनका छोरालाई बाढीले बगाएको हो । आमाको शव भेटिएको र छोरा बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सिंजामा १५७ घरधुरी र कनकासुन्दरीमा ४६ घरधुरी बिस्थापित भएका छन् । यसरी सिंजाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा मात्रै ५८९ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोले सिंजामा २३६ घरधुरी, कनकासुन्दरी ६७ र हिमामा २२ घरधुरी उच्च जोखिममा छन् । सिंजामा २२० घरधुरी, कनकासुन्दरीमा १८७ घरधुरी जोखिममा रहेको प्रहरीको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना