सरकारले योग्य व्यक्तिलाई पदक दिएको हो : गृहमन्त्री खाण « Khabarhub

सरकारले योग्य व्यक्तिलाई पदक दिएको हो : गृहमन्त्री खाण


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा विभिन्न प्रतिभाहरु रहेको बताएका छन् । गृहमन्त्रीले निर्वाचनलाई प्रभावित गर्ने गरी आफ्नो जिल्लामा पदक बाँडेको विपक्षीहरुको आरोप खण्डन गर्दै रुपन्देहीमा योग्य भएकाहरुले पदक पाएको बताए ।

विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबहरुले भैरहवामा आयोजना गरेको पोलिया शान्ति र्‍यालीको समापन कार्यक्रममा मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन गर्न नसकेको आरोप लगाए । “रुपन्देहीमा एकसे एक प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ”, उनले भने, “यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर सीमितलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाँहरूलाई पनि समेट्नेछौँ ।”

रुपन्देहीको विकासमा रोटरी, रोट्र्याक्टलगायत क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उनले बताए । जिल्लामा विभिन्न सामाजिक काममा मात्र हैन विभिन्न विपद्का समयमा यस्ता क्लबहरुको सहयोग प्रशंसनीय रहेको उनको जिकिर छ । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र लागू औषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवालाई पनि सहकार्य गर्न आग्रह गरे । उनले अहिले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसरहरु बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न आग्रह गरे ।

गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्र्याक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । उनले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागूऔषधलगायत कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबहरुलाई दुबै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिए ।

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरिया बाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् ।

रुपन्देहीमा क्रियाशील रोटरी क्लब र रोट्र्याक्ट क्लबहरुका विभिन्न शाखाहरुले यस दिन सचेतनामूलक कार्यक्रम गरी मनाउने गरेका छन् । विश्व पोलियो दिवसकै अवसर पारेर सोमबार भैरहवामा पोलियो शान्ति र्‍यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति र्‍याली, नारायणपथ, बैंकरोड, नयाँसडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ५५ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ