कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी « Khabarhub

कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहनुभएका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् ।

एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिएका छन् । प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिनु भएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन आजै यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्रीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आएका छन् । उनले सेनाका जवानलाई मिठाई बाँड्नका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गरेका थिए। सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा पाँच सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरे।

सशस्त्र बल देशको खम्बा भएको बताए । सिमाना सुरक्षित हुँदा राष्ट्र सुरक्षित हुने तथा अर्थतन्त्र बलियो हुने यथार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले प्रकाशको पर्व दीपावलीले विश्व शान्तिको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । साथै उनले सेनाका सकल दर्जामा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ३९ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय