‘अघिल्लो कार्यकालमा नसकिएका योजना पूरा गर्छु’  « Khabarhub

‘अघिल्लो कार्यकालमा नसकिएका योजना पूरा गर्छु’ 


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देही-३ (ख) बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले सम्पन्न हुन नसकेका अलपत्र योजनालाई सक्न प्राथमिकता दिने बताएका छन् । निर्वाचित भएर प्रमाणपत्र लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले पाँच वर्षे कार्यकालमा जनताको पक्षमा काम गरेकै कारण दोस्रो पटक विश्वास गरेर पुनः निर्वाचित गरेकोमा धन्यवाद दिए । उनले जनताको अपेक्षालाई पूरा गर्ने पनि बताए । 

भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा मात्रै काम होइन, जनताको दैनिकीमा परेको समस्याका लागि पनि सधैँ तयार रहने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचित भएका पाण्डेलाई प्रमाणपत्र दिएका थिए । 

पाण्डे यो क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार नौ सय २८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार सात ९८ मत ल्याएका छन् ।

 पाण्डे चार हजार एक सय ३० मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : ०३ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने