कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी « Khabarhub

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भजनी– कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । जसपालाई नेकपा (एमाले) को समर्थन रहेको थियो । यस क्षेत्रमा ३५ हजार एक सय ६२ मत खसेको थियो ।

  कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी जित नजिक पुगेको छ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत लक्ष्मी ओडका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जित नजिक पुगेका हुन् ।  प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । उनले गणना हुन बाँकी मतभन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत ओडका अनुसार श्रेष्ठले २६ हजार एक सय ५५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार सात सय १८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १० हजार चार सय ३७ रहेको छ ।

यस क्षेत्रमा कूल एक लाख सात हजार छ सय ७२ मतमध्ये ६४ हजार तीन सय ३२ मत खसेको थियो । त्यसमध्ये हालसम्म ५५ हजार सात सय २३ मत गणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ओडका अनुसार आठ हजार छ सय नौ मत गणना हुन बाँकी छ । अहिलेसम्म दुई हजार नौ सय १० मत बदर भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : १९ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने