कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी « Khabarhub

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भजनी– कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । जसपालाई नेकपा (एमाले) को समर्थन रहेको थियो । यस क्षेत्रमा ३५ हजार एक सय ६२ मत खसेको थियो ।

  कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी जित नजिक पुगेको छ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत लक्ष्मी ओडका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जित नजिक पुगेका हुन् ।  प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । उनले गणना हुन बाँकी मतभन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत ओडका अनुसार श्रेष्ठले २६ हजार एक सय ५५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार सात सय १८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १० हजार चार सय ३७ रहेको छ ।

यस क्षेत्रमा कूल एक लाख सात हजार छ सय ७२ मतमध्ये ६४ हजार तीन सय ३२ मत खसेको थियो । त्यसमध्ये हालसम्म ५५ हजार सात सय २३ मत गणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ओडका अनुसार आठ हजार छ सय नौ मत गणना हुन बाँकी छ । अहिलेसम्म दुई हजार नौ सय १० मत बदर भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : १९ बजे

शंकर पोखरेलको विश्लेषण : एमालेको प्रतिस्पर्धा कांग्रेससँँग, रास्वपा काठमाडौंमै कमजोर देखियो

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

सेबु– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि

पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ

काठमाडौं– आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को

शंकर पोखरेलले भने- राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई