जनता लाई जिताउने जाँच दिन जाँदैछु : रवि लामिछाने « Khabarhub

जनता लाई जिताउने जाँच दिन जाँदैछु : रवि लामिछाने


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभइ जाँच दिन जान सक्षम हुनु मात्रै भएको बताएका छन् ।

उनले लेखेका छन् ‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्न । विजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०-गेस्ट हाउस चौरमा, भोलि ११ बजे  इच्छा कामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा  ‘धन्यवाद सभा गर्दैछु’। एउटा अनुरोध, कृपया  त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा  तपाईँका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका  लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर, खादामा हामीले गरेको खर्च प्रायस सबै विदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु’

लामिछानेले अहिले कुनै विजय र्‍याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्‍याली गरिने बताएका छन् । धन्यवाद र्‍यालीमा आफूलाई फूलमाला र अबिर केही पनि नल्याउन उनले मतदाताहरूलाई आग्रह गरेका छन् ।

उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर