२३ वर्षदेखि हारिरहेका दीपक सिंहको जित « Khabarhub

रोचक चुनावी प्रतिष्पर्धा

२३ वर्षदेखि हारिरहेका दीपक सिंहको जित

‘जसले कमल थापा र डिना उपाध्यायलाई हराएर इतिहास लेखे’


८ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मकवानपुरमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राप्रपाकै नेता दीपकबहादुर सिंह विजयी भएका छन् । मकवानपुर १ बाट सत्ता गठबन्धनकी उम्मेद्वार डिना उपाध्याय, एमालेको चुनाव चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी भएका हुन् ।

उनको जितलाई चमत्कारिक भनिएको छ । सुरुदेखि नै जित्ने आश मारिएको र तेस्रो भइरहेका सिंहले अन्तिममा कमल र डिना दुवैलाई हराउँदै आफूले जितेका हुन् । यसअघि हेटौंडा उपमहानगरको मेयरमा लडेका उनी त्यतिबेला पराजित भएका थिए ।

त्यतिबेला हारेर पनि चुनाव जित्न नसकेका सिंह अहिले प्रतिनिधिसभाकै सांसद बनेका छन् । मकवानपुरमा हारेपछि कमल थापाको राजनीति लगभग अब समाप्त भएको छ ।

दीपक सिंहको राजनीतिक इतिहास पनि रोचक छ । उनी यसअघि २०५६ सालको संसदीय चुनावमा पनि लडेका थिए । तर त्यतिबेला पराजित भए । त्यसपछि २०७० सालको दोस्रो संविधानसभामा उनी फेरि लडे ।

त्यतिबेला पनि उनले जित निकाल्न सकेका थिएनन् । त्यसअघि उनी २०६४ सालको पहिलो संविधानसभामा राप्रपाबाट समानुपातिक उम्मेद्वार बने । तर राप्रपाले मत ल्याउन नसकेपछि उनी सांसद बन्न सकेनन् ।

राजावादी पृष्ठभूमिका सिंहले निरन्तर प्रयास नगरेका होइनन् । तर झण्डै २० वर्षसम्म उनले प्रयास गर्दा पनि सफल भएनन् । सांसददेखि स्थानीय तहको मेयर लड्दा पनि उनले पराजय नै व्यहोरे ।

तर अहिले अर्थात २०७९ सालमा दुई भारी गठबन्धनविरुद्ध एक्लै लडेका उनले इतिहास लेखे । एकातिर एमालेसहितको प्रतिपक्षी गठबन्धन र अर्कातिर कांग्रेससहितको सत्ता गठबन्धन ।

एमालेको गठबन्धनबाट राप्रपाकै पूर्व अध्यक्ष कमल थापा उनकै क्षेत्रमा पुगेका थिए । यता सत्ता गठबन्धनबाट कांग्रेसकी डीना उपाध्याय, जो प्रधानमन्त्री तथा पार्टी सभापति देउवाकी निकट हुन् । बालुवाटारसँग सिधा सम्पर्क सुत्र बनाएकी डिनाले जित्ने सम्भावना धेरै थियो ।

सुरुवातमा उनले अग्रता लिइन् पनि । कमल थापा दोस्रोमा थिए । जो राप्रपाकै पूर्वअध्यक्ष हुन् । सुरुदेखि नै तेस्रो रहेका दीपक सिंहले अन्तिममा बाजी मारेका छन् । हार हुनेवित्तिकै प्रयास गर्न छाड्हुँदैन भन्ने कथनलाई दीपक सिंहले आफ्नै जितबाट प्रमाणित गरेका छन् । जुन उनको २३ वर्षदेखिको सपना थियो ।

यो पनि पढ्नुहोस्ः

मकवानपुरमा राप्रपाका सिंह विजयी

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ३ : ०७ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित