‘राजनीति रमाइलो गर्ने ठाउँ होइन’ « Khabarhub

‘राजनीति रमाइलो गर्ने ठाउँ होइन’


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गरेका छन् । ४ मङ्सिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै उनले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

झापा ५ बाट अत्याधिक मतले विजयी भएपछि प्रमाणपत्र लिन पुगेका ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताए । उनले भने, ‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन् । राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो ।’ उनले धेरैजसो स्थानमा निष्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिए । 

सो अवसरमा उनले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नु पर्ने बताए । मतदाताप्रति नै आशंका गर्दै उनले भने, ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौ की । मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ ।’ 

उनले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताए । यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उनको भनाइ छ । उनले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताए । मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताए । उनले भने, ‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’ फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उनको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उनले शंका गरे ।

उनले सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको आरोप पनि लगाए । चुनाव जित्न घरमा बसेका मान्छे तानेर लगेर मार्ने काम सरकारले गरेको आरोप लगाए । उनले भने, ‘लोकतन्त्र भन्ने व्यवहारमा अपराधतन्त्र देखाउनु हुँदैन । हामी शान्ति र लोकतन्त्रमा विश्वास गर्छौ । यो हामीले कार्यान्वयन पनि गरेका छौं । लोकतन्त्र मन्त्र होइन यो जीवन पद्धति हो ।’ उनले लोकतन्त्रको पवित्रतालाई जोगाउन आग्रह गरे । 

कार्यक्रममा बुथ क्याप्तरधाँधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराए । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ३ : ५६ बजे

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

प्रधानमन्त्री बालेन, पार्टी नेता रवि : रवि–बालेन सम्झौताका सात बुँदामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर