राप्रपाले जित्यो ४ सिट, को कहाँबाट निर्वाचित ? | Khabarhub Khabarhub

राप्रपाले जित्यो ४ सिट, को कहाँबाट निर्वाचित ?


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म ४ क्षेत्रमा जित हासिल गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित निकालेका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत मात्र ल्याए ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले जित हासिल गरेका छन् । उनले माओवादीकी गोमा गौतम कुँवरलाई पराजित गरे । शाहीले २२ हजार ८ सय १९ मत ल्याउँदा गौतमले १९ हजार ९ सय ५९ मत ल्याइन् ।

त्यस्तै, बाँके क्षेत्र नम्बर २ मा पनि राप्रपाकै धवलशमशेर राणले जित हासिल गरेका छन् । उनले जनता समाजवादी पार्टी जसपाका मोहम्मद इश्तियाक राईलाई पराजित गरे । राणले २९ हजार ५ सय ७७ मत ल्याउँदा राईले २३ हजार ५ सय २० मत ल्याए ।

यसैगरी, मकवानपुर १ मा पनि राप्रपाकै दिपकबहादुर सिंह विजयी भएका छन् । उनले कांग्रेसकी महालक्ष्मी उपाध्यायलाई पराजित गरे । सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४ सय ३४ मत ल्याइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ४ : ५० बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका