कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी विजयी | Khabarhub Khabarhub

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाए । नेकपा एमालेका तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे ।

जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिएका छन् ।

यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी भएका छन् । त्यस्तै, प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ११ बजे

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन

काठमाडौं– अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई डा. बाबुराम भट्टराईले समर्थन

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं– गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्

जितिया पर्वको तयारीमा मिथिलानी

महोत्तरी– राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका

काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यकाको जनजीवन सामान्यतर्फ उन्मुख बन्दै गएको छ । निषेधाज्ञा तथा