नुवाकोट-१ को प्रदेशसभा (२) मा कांग्रेसका महत « Khabarhub

नुवाकोट-१ को प्रदेशसभा (२) मा कांग्रेसका महत


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् । 

लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले  नेकपा ९एमाले०का  उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पछि  प्रदेशसभा सदस्यको यात्रा तय गरेका हुन्। महतले तेह्र हजार सात सय २७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले तीन सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुङ्गानाले नौ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले एक सय १५ मत प्राप्त गरेका छन् । 

यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका दिपेश राईले चार सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले एक सय ७८ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा ६१ हजार दुई सय ९३ मतदाता रहेकामा मङ्सिर ४ को निर्वाचनमा ३२ हजार दुई सय ५७ मतदाताले मतदान गरेका थिए । निर्वाचनमा खसेको कूल मतमध्ये ३० हजार सात सय मत सदर र एक हजार ५५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ३१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर