मोरङ-५ (२) मा कांग्रेसका अर्याल विजयी « Khabarhub

मोरङ-५ (२) मा कांग्रेसका अर्याल विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मोरङमोरङ-५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन् । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार दुई सय ४८ मत प्राप्त गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार आठ २० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शिवकुमार मण्डलले  १७ हजार चार सय ८६ र जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले १७ हजार तीन सय ९० मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ३५ बजे

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता

साइबर सुरक्षा र डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई गठन गरिने

काठमाडौं- सरकारले साईबर सुरक्षा डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई

सरकारी क्लाउड पूर्वाधार विकास गरिने

काठमाडौं– सरकारले सरकारी क्लाउड पूर्वाधार विकास गर्ने नीति लिएको छ