खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता | Khabarhub Khabarhub

खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ ।

युक्रेनी सैन्य लडाकूले आफ्नो दायरा समायोजन गर्दै निपर नदीमा एक रुसी सैनिकमाथि ५० क्यालिबरको गोली प्रहार गरेका छन् । यसअघि युक्रेनी समूहले रूसी सेनाको अवस्थाबारे जानकारी लिन गर्न ड्रोन प्रयोग गरेको थियो ।

युक्रेनले रूसी सेनामाथि आफ्नै लामो दूरीका हतियारले जवाफी हमला गरिरहेको छ र युक्रेनी अधिकारीहरूले उनीहरूको गतिको फाइदा उठाउन चाहेको बताएका छन् ।

नौ महिनाको युद्धमा प्राप्त गरेको एक मात्र प्रान्तीय राजधानीबाट रूसी सेनाको फिर्ता मस्कोको सबैभन्दा महत्वपूर्ण युद्धभूमि क्षतिमध्ये एक थियो । युक्रेनी सेनाले एक प्रवक्तामार्फत दिइएको जानकारीमा भनेको छ, “अब युक्रेनको सेनाले नयाँ अग्रपङ्तीको निर्धारण गरेपछि सेनाले अर्को कदम चाल्ने योजना बनाइरहेको छ ।”

युक्रेनी सेनाले अब रूसी नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण गर्न सक्नेछ र सम्भवतः सन् २०१४ मा रूसले अवैध रूपमा कब्जा गरेको क्रिमिया नजिक आफ्नो प्रतिआक्रमणलाई धकेल्न सक्नेछ । रूसी सेनाले क्रिमियाली सीमा नजिक र पूर्वमा डोनेट्स्क र लुहान्स्क क्षेत्रको बीचमा केही क्षेत्रहरूसहित किल्ला स्थापना गर्ने प्रयास जारी राखेको छ ।

बेलायती रक्षा मन्त्रालयका अनुसार केही स्थानहरूमा, नयाँ किल्लाहरू हालको अग्रपङ्तीभन्दा ६० किलोमिटर ९३७ माइल० पछाडि छन्, जसले रूसमा थप युक्रेनी सफलताको सङ्केत गर्दछ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : २४ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी