बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रीक’ | Khabarhub Khabarhub

बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रीक’


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीबाट प्रतिनिधिसभा सांसदमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएकाछन् । पार्टी प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले तेश्रो पटक पनि जीत हासील गरेका हुन् ।

उनले २०७०को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा निर्वाचनमा लगातार जीत हासील गरेका हुन् ।

भण्डारी पहिलो पटक २०७० मा जीत हासील गर्दा अर्थराज्यमन्त्री समेत बनेका थिए । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवरलाई पराजीत गरेका हुन् ।

भण्डारीले ३३ हजार ६सय ११ मत प्राप्त गर्दा कुवरको ३२ हजार ८० मत रहेको छ । भण्डारी २०६४ सालमा कुवरसँगै पराजीत भएका थिए । २०७०मा कुवरलाई नै हराएका भण्डारी २०७४ मा भने बाम गठबन्धन हुदाँ कुवर समेतको साथले जितेका थिए । अहिले फेरी कुवरसँगको भिडन्तमा उनी विजयी भएका हुन् ।

यसैगरी बैतडी प्रदेशसभा (क) मा पनि एमालेकै सुरेन्द्र पालले विजय हासिल गरेका छन् । उनले १२ हजार ८सय ३१ मत सहित निर्वाचित हुदाँ स्वतन्त्र उम्मेदवार हरी मोहन भण्डारीले ११हजार १८ मत पाए भने, गठबन्धनका कांग्रेस उम्मेदवार बीर बहादुर बिष्टले १० हजार ९ सय ५३ मत ल्याएका छन् ।

प्रदेशसभा क्षेत्र (ख) मा भने गठबन्धनका कांग्रेस उम्मेदवार शिवराज भट्ट विजयी भएकाछन् । उनले १७ हजार १सय ५२ मत ल्याई निर्वाचित हुदाँ एमालेका लीलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ४५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ