‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान « Khabarhub

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। तर उनी बसपार्क सफा गर्ने कर्मचारी होइनन्। सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्ने गरेका छन्। यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो।

तुलसीपुर बसपार्क फोहर थियो। अव्यवस्थित रुपमा फोहर फालिएको थियो। तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे। त्यसैले पनि उनी सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे। “बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो”, उनले भने।

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थालेका हुन्। उनले केही डस्टबिन त्यहाँ राखे र फोहर राख्न अनुरोध गरे। “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ”, उनले भने, “यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो।” उनी तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुन्।

विसं २०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थालेका हुन्। सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उनको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भयो। “६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ”, उनले भने, “त्यसपछि केही साथीहरु थपिनुभयो।”

बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने। “पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ”, उनले भने, “हामीले सचेतना फैलाउने हो।” विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन्।

अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आएका छन्। यातायात व्यवसायी टङ्क विक भन्छन्, “पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ।” उनीहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : १५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन