वडा वडामै पुगेर सेवा दिँदै ‘व्यास नगरपालिका’ « Khabarhub

वडा वडामै पुगेर सेवा दिँदै ‘व्यास नगरपालिका’


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाले यही पुस ११ गतेदेखि पुस २० सम्म एकीकृत घुम्ती सेवामार्फत नगरवासीलाई घर आँगनमै पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । 

योजना सम्झौता तथा किस्ता सिफारिस, बालीमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तन क्यान्सर, औलो रोग, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिनेछ । कोभिड–१९ को खोप, आङ खस्ने समस्याको जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन र पोषण सम्बन्धी सेवासमेत प्रदान गरिने नागिलाले बताए । 

पशु स्वास्थ्य सेवाका लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरणलगायत सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

तनहुँको म्याग्दे गाउँपालिकाले वास्तविक कृषक पहिचान गरेर मात्रै अनुदान दिने व्यवस्था अघि बढाएको छ । व्यावसायिक कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम हचुवाको भरमा नभई स्थलगत अनुगमन पश्चात दिने योजना नगरपालिकाले बनाएको हो । अनुदानका लागि गाउँपालिकामा आवेदन दिएका कृषकको फार्ममा पुगेर समितिले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरीक्षण गर्दै आएको छ । 

अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितिका संयोजक बालकृष्ण घिमिरे, पालिका सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेका छन् । गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आवमा बोका वितरणका लागि तीन लाख ५० हजार, औजार, च्याप कटरतर्फ एक लाख, माछाको भुरा खरिद तथा गोठ, खोर निर्माणका लागि रु चार लाख तथा कुखुरातर्फ एक लाख बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : ३३ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी