पर्यटकको आकर्षणको केन्द्र बन्दै महावै पाटन « Khabarhub

पर्यटकको आकर्षणको केन्द्र बन्दै महावै पाटन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षायाममा मनोमोहक रहने गरेको छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । महावै पाटनमा हिउँदमा हिउँ र वर्षायाममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको छ । 

कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन् । कालीकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनको बीचमा रहेको ढुङ्गामाथि शिवको मन्दिर रहेको छ ।

हरेक वर्ष जनैपूर्णिमा मेलाका अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्दछ । शिव मन्दिरलाई यहाँका स्थानीयले महावु जगन्नाथ भन्ने गरेको र महावै जगन्नाथलाई महादेवको प्रतीकका रुपमा लिने गरिएको महावै गाउँपालिका–२ ओदाका कर्णबहादुर सिंहले बताए । ‘पूजा गरे वा प्राथना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ’, उनले भने , ‘शिव मन्दिरको मेलाका भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमा दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेत जिल्लाबाट श्रद्धालु आउने गर्नुहुन्छ ।’

महावै पाटन सबै मौसममा उत्तिकै मनोमोहक रहने भएकाले पर्यटकले जहिले पनि उत्तिकै मनोरञ्जन लिन सकिने महावै गाउँपालिका-१ का सर्पराज सिंहले बताए । ‘वैशाख, जेठ, असार, साउन र भदौ महिनामा पाटनमा पुग्ने जोकोहीलाई पनि सुन्दरताले स्तब्ध पार्छ’, उनले बताए ।

देशका सय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावुधाम समेटिएको र भौतिक पूर्वाधारलगायतको विकासमा पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। ‘यहाँको पर्यटन विकासका लागि हामीले धर्मशालालगायतका अन्य भौतिक संरचना निर्माणका लागि पहल थालेका छौँ’, उनले भने, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेको छ ।’

महावै पाटनलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन रु चार अर्ब बराबरको रकम आवश्यक पर्ने गाउँपालिका अध्यक्ष लछुमन गुरुङले जानकारी दिए । ‘धाममा धर्मशाला, सडक र मन्दिरलगायतका अन्य संरचना निर्माणका लागि ठूलो रकमको आवश्यकता रहेको छ’, उनले भने, ‘हाल संघीय सरकारको आयोजनामा दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको छ, त्यसको स्तरोन्नति आवश्यक रहेको छ । ‘

महावै पाटनबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिने र मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगञ्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने गरेको कालीकोटको महावै गाउँपालिकाका दुर्गाप्रसाद काफ्लेले जानकारी दिए । 

महावैमा वर्षा याममा जानेका लागि कालीकोट र दैलेखबाट चरनका लागि भेडाबाख्रा तथा गाईभैँसीका गोठमा बस्न सकिने कालीकोटको शुकालिका गाउँपालिकाका नरप्रसाद आचार्यले बताए।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १ : ०४ बजे

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं– सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको

एनपीएल सिजन २ : यस्तो रह्यो ८ कप्तानको प्रदर्शन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा सबै ८

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा

च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै

भोजपुर– पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर