काठमाडौँ– कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
आइतबार खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि आज अपराह्न पुनः सोही स्थानमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो ।
वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । केहीबेरमा एकतर्फी यातायात सञ्चालनमा ल्याउन सकिने भए पनि दुवैतर्फी यातायात खुलाउन थप समय लाग्ने उनले बताए ।
सडक अवरुद्ध भएपछि पोखरा–बागलुङ सडकखण्डमा दुवैतर्फका सवारीसाधन रोकिएका छन् । पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया