मन्त्रालयद्वारा 'महिला पहिला’ कार्यक्रम कार्यान्वयनलाई तीव्रता | Khabarhub Khabarhub

मन्त्रालयद्वारा ‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनलाई तीव्रता


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिएको छ । महिलालाई घरभित्रदेखि समाज हुँदै राजनैतिक दल र राज्य सत्तासम्म पहिला बनाउने अभियान ‘महिला पहिला’ कार्यक्रमको प्रभावकारी कार्यान्वयनका निम्ति मन्त्रालयले ६० पालिकामा बजेटको व्यवस्था गरेको छ । 

कार्यक्रममा महिला हिंसा न्यूनीकरण गर्ने अभियानको व्यवस्था गरिएको छ भने महिलालाई तलैदेखि नेतृत्व क्षमताको अभिवृद्धि गर्ने कार्यक्रम पनि समावेश गरिएको छ । मन्त्रालयले महिला सुरक्षा सेवा कार्यक्रमअन्तर्गत रातिको समयमा महिला एक्लै हिँड्नु परेमा प्रहरीको सहयोगमा कल सेन्टरको व्यवस्था गरी महिलाले फोन गर्ने बित्तिकै घरमा गाडी लिन जाने र गन्तव्यमा पुगेर पुनः घरसम्म पठाउने व्यवस्था रहेको छ । 

मन्त्री उमा रेग्मीले मन्त्रालयको जिम्मेवारी लिएपछि १४ महिनाको अवधिमा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला एक सय ३२ जनाको उद्धार गरिएको छ । मन्त्रालयले  ‘घरैबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको अभियानसमेत सञ्चालन गरेको छ ।

त्यसैगरी मन्त्रालयले बालबालिकासम्बन्धी नीति, बालबालिका नीति २०७९, बालबालिकासम्बन्धी नियमावली २०७८ र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सिआरसीको छैटौँ सातौँ आवधिक प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ । 

त्यसैगरी राष्ट्रिय बाल अधिकार परिषद्को पाँच वर्षीय रणनीतिक योजना ल्याइएको छ । बाल अधिकार संरक्षण संवर्द्धन तथा प्रवर्द्धनसम्बन्धी एकीकृत कार्यावधि २०७९ तयार गरिएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई पहिलो संशोधन गर्न बनेको ऐन २०७९ संसद्बाट पास भइसकेको छ । सो ऐन अनुसारको नियमावली मन्त्रालयमा अन्तिम चरणमा पुगेको मन्त्री रेग्मीले जानकारी दिइन्।

आफ्नो कार्यकालमा स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गरिएको मन्त्री रेग्मीको भनाइ छ । ज्येष्ठ नागरिकका सन्तानले कुनै पनि किसिमले गरेको आम्दानीका कारणले तोके बमोजिमको रकम ज्येष्ठ नागरिकको बैंक खातामा मासिक रूपमा दाखिला गर्नुपर्ने प्रावधानको व्यवस्थासमेत गरिएको छ । 

मन्त्रालयले सहाराविहीन ३१ अपाङ्गता भएका व्यक्तिलाई पुनः स्थापना केन्द्रमा संरक्षण गर्ने व्यवस्था मिलाएको छ । मन्त्री रेग्मीका अनुसार अपांगता भएका व्यक्तिहरूका लागि हेरचाह गर्ने व्यक्तिको तालिमका लागि बजेटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ३ : ०१ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी