ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ « Khabarhub

ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ

नयाँ भेरियन्ट देखिन सक्ने चेतावनी


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ।

डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन्।

उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख गरे। उनले ओमिक्रोनपछि कोरोना महामारी अन्त्य हुन्छ भन्नु खतरनाक भएको स्पष्ट पारे।

कोरोना महामारी अन्त्य हुन्छ भनिरहँदा कोरोनाको नयाँ भेरियन्ट देखिन सक्ने तर्फ ट्रेडोसले सबैलाई सचेत पनि गराए। उनले कोरोना महामारीले सिर्जना गरेको स्थिती परिवर्तनको लागि महामारी फैलिनुको कारण रोक्न आवश्यक भएको बताए।

सोमबार केही संचार माध्यमले डा. ट्रेडोसको यो भनाइलाई ओमिक्रोन अन्तिम भेरियन्ट भएको भन्दै खबर लेखेका थिए।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ३६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ