भोलि राष्ट्रियसभा निर्वाचन : तयारी पूरा भएको आयोगको दाबी « Khabarhub

भोलि राष्ट्रियसभा निर्वाचन : तयारी पूरा भएको आयोगको दाबी


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ। बुधबार (माघ १२) गते हुने राष्ट्रियसभा चुनाव कोरोना संक्रमणबीच हुन लागेको हो।

राष्ट्रियसभामा रिक्त हुने केही सिटका लागि निर्वाचन हुन लागेको हो। आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेका हुन्।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो।

आयोगले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ। मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ। राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ।

महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ३७ बजे

श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार, उपचार खर्च व्यहोर्ने सांसद कानुको घोषणा

वीरगञ्ज– यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे