राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल कहाँ-कहाँ ? « Khabarhub

राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल कहाँ-कहाँ ?


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार मतदान हुँदै छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुन लागेको हो ।

जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : ५४ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार