महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान « Khabarhub

महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा कात्तिकदेखि पुससम्म २१ हजार पाँच सय सवारीसाधन कारबाहीमा परेका छन् ।

पछिल्लो तीन महिनामा ट्राफिक कारबाहीबाट मात्र ८४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय महोत्तरीले जनाएको छ ।

कारबाहीमा पर्नेमा लाइसेन्स तथा कागजपत्र नभएकादेखि दुर्घटनामा संलग्न सवारीसाधनसमेत छन् । यो अवधमिा एक सय ५२ वटा दुर्घटना भए । दुर्घटनामा परी १४ जनाले ज्यान गुमाए भने दुई सय ४२ जना घाइते भए ।

जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार ३० पुरुष, चार महिला र दुईजना बालबालिका गम्भीर घाइते बनेका छन् । एक सय ४३ पुरुष, ६१ महिला र ३८ जना बालबालिका सामान्य घाइते भएका थिए ।

दुर्घटना परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष छन् । पछिल्लो तीन महिनामा घाइते हुनेमा भने महिलाको संख्या अधिक छ । यो अवधिमा ६४ जना महिला घाइते भएका छन् ।

प्रहरीले दुर्घटनालाई नै मध्यनजर गरी कात्तिक महिनामा सात, मंसिरमा ४८ र पुसमा ४२ वटा गरी ९७ वटा सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सक्रियता देखाए पनि तथ्यांकले दुर्घटनामा झन् वृद्धि भएको देखाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ५६ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७