एक सातामा १३ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप « Khabarhub

एक सातामा १३ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।

गत पुस अन्तिम सातामा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको निक्षेप माघ पहिलो सातामा ४३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको हो ।

यद्यपि, एक महिनाको तुलनामा भने बैंकहरुको निक्षेप ७२ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको पहिलो सातामा ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको माघ पहिलो सातामा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप पुगेको हो ।

यस्तै, एक साताको तुलनामा भने बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले मात्रै बढेको छ । एक साता अगाडि मात्रै ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले माघको पहिलो सातामा कुल ४१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

एक महिनाको तुलनामा भने बैंकहरुको कर्जा लगानी पनि ५९ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको पहिलो सातामा कुल ४० खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले माघ पहिलो सातामा ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुर्‍याएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ४५ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको