संसद्‍ बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै « Khabarhub

संसद्‍ बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ।

आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची बिहीबारै सार्वजनिक गरेका हुन्।

कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ।

बिहीबारकै बैठक सारेर प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल गरेका थिए।

सरकारले एमसीसीको पक्षमा एमालेलाई मनाउन बैठक सारेको बालुवाटार स्रोतले बताएको थियो। बैठक स्थगित गरेर दिनभर छलफलमा जुटेका प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन्।

एमालेले केही सर्त अगाडि सारेपछि ठोस् निर्णय भने भइसकेको छैन। बिहीबार रातिसम्म एमाले नेतृत्वसँग प्रधानमन्त्री देउवासहित काँग्रेस नेतृत्वले बालुवाटारमा छलफल गरेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : २५ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत