गैरकानुनी काम नगर्न नेपालीलाई एनआरएनए कतारको अपिल  « Khabarhub

गैरकानुनी काम नगर्न नेपालीलाई एनआरएनए कतारको अपिल 


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कानुन उल्लङ्घन हुने काम नगर्न यहाँ कार्यरत नेपालीलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारले अपिल गरेको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार हाल केही दिनदेखि सामाजिक सञ्जालमार्फत नेपाली श्रमिकहरूद्वारा कतारको कानुन उल्लङ्घन हुने गरी गरिएका गतिविधिहरू सार्वजनिक भएपछि संघले ध्यानाकर्षण भएको जनाएको छ  ।

‘यस्ता गतिविधिहरूले नेपाली समाज र नेपाली श्रम बजारमा समेत असर पर्ने र स्थानीय कानुनको पनि उल्लङ्घन हुने र सोका लागि सजायको भागिदार बन्नुपर्ने अवस्था आउने हुँदा यस्ता गतिविधिमा संलग्न नहुन यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्  हार्दिक अनुरोधका साथै अपिल गर्दछ,’ सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र कतारबीच रहेको पारस्परिक सम्बन्धका कारण आज नेपाली उज्ज्वल भविष्यको सपना लिएर कतारमा कार्यरत रहेको भन्दै अध्यक्ष मुसलमानले जुन देशमा गए पनि सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु सबैको कर्तव्य रहेको बताएका छन्।

‘यदि यहाँ बसोबास गर्दा र कामकाजको सिलसिलामा समस्या परेमा समाधान र निकासका लागि सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जाने दायित्व पनि छ, उनले भनेका छन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार विभिन्न पेसा गरी कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्। तीमध्ये ११ हजार ९० जना महिला पनि कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ३५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट