रुस-युक्रेन युद्ध : युक्रेनमा रहेका नेपाली सुरक्षित, यथास्थानमा सुरक्षित रहन आग्रह « Khabarhub

रुस-युक्रेन युद्ध : युक्रेनमा रहेका नेपाली सुरक्षित, यथास्थानमा सुरक्षित रहन आग्रह



दोहा – रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै युक्रेनमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षित रहन जर्मनीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै युक्रेन र रुसबीच विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै युक्रेनमा रहेका नेपालीहरूलाई तत्कालका लागि यथास्थानमा सुरक्षित रहन आग्रह गरेको हो ।

युक्रेनको नागरिक हवाई क्षेत्र व्यावसायिक उडानका लागि अल्पकालीन रूपमा बन्द भएकाले हवाई मार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नभएकोले तत्काल यथास्थानमा सुरक्षित रहन अनुरोध गरेको छ ।

दूतावासले संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रहन, युक्रेन सरकार र सम्बन्धित कलेज, युनिभर्सिटी, कम्पनीद्धारा जारी निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएसम्म सडक रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका बडी सुरक्षित स्थानमा जान भनेको छ ।

राहदानी परिचय पत्र, सवारी चालक अनुमति पत्र, बैंकको कार्ड लगायतका कागजात आफ्नो साथमा राख्न पनि दूतावासले अनुरोध गरेको छ । युक्रेनमा रहेका नेपालीहरूको पछिल्लो अवस्थाबारे बुझ्न दूतावासकी तृतीय सचिव सहारा चौँलागाइँलाई सम्पर्क गर्दा केही बोल्न मानिनन् ।

यता, रुसको मस्कोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुशील घिमिरेका अनुसार अहिलेसम्म त्यहाँ रहेका सबै नेपालीहरू सुरक्षित रहेको जानकारी दिए ।

‘रुस र युक्रेनबीच तनाव बढिरहेको छ अहिलेसम्म यहाँ रहेका सबै नेपालीहरू सुरक्षित छन् ,’कार्यवाहक राजदूत घिमिरेले खबर हबसँग भने, ‘यहाँ एक हजार २ सय देखि १ एक हजार ५ सयसम्म नेपालीहरू छन् अहिलेसम्म सबैलाई ठिक छ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ५० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना