कतार प्रवेश गर्दा क्वारेनटाइन बस्नुपर्ने, पीसीआर रिपोर्ट नचाहिने « Khabarhub

कतार प्रवेश गर्दा क्वारेनटाइन बस्नुपर्ने, पीसीआर रिपोर्ट नचाहिने



दोहा – कतारको स्वास्थ्य मन्त्रालयले यात्रा तथा फिर्ती नीतिलाई परिवर्तन गर्दै कतार प्रवेश गर्दा क्वारेनटाइन बस्नुपर्ने जनाएको छ । कोरोना विरुद्धको पूर्ण खोप लगाएका यात्रुले कतार प्रवेश गरेपछि क्वारेनटाइन बस्नुपर्ने तर पीसीआर रिपोर्ट नचाहिने भएको छ ।

क्वारेनटाइन र पीसीआरको नियम दुवै डोज वा बुस्टर खोप लगाएको वा कोरोनाबाट निको भएको ९ महिना नकटेको व्यक्तिहरूको लागि मात्र मान्य हुने मन्त्रालयले जनाएको छ । यो नियम आगामी सोमबार (२८ फेब्रुअरी) साँझ ७ बजेदेखि लागू हुने गरी नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अद्यावधिक देशमा कोभिड–१९ मामिलाहरूको सङ्ख्यामा उल्लेखनीय कमी र कतारमा कोभिड–१९ विरुद्ध खोप अभियानहरूको सफलताको संयोजनमा आएको हो।

कतारमा यात्रा र फिर्ता नीति अद्यावधिकहरूको एक भागको रूपमा मन्त्रालयले कोभिड-१९ को जोखिम अनुसार देशको वर्गीकरणको सूचीलाई हरियो, रातो र असाधारण रातोबाट मानक स्वास्थ्य उपायहरू र रातो स्वास्थ्य उपायहरूमा परिवर्तन गरेको छ।

खोप नभएको/प्रतिरक्षा नभएको व्यक्तिलाई ५ दिनको होम क्वारेनटाइन र आइपुगेको २४ घण्टाभित्र पीसीआर परीक्षण आवश्यक पर्नेछ भने होम क्वारेन्टाइनको ५ दिन पछि र्‍यापिड एन्टिजेन टेस्ट गर्नुपर्नेछ ।

रातो सूचीमा नेपाल, बंगलादेश, इजिप्ट, जर्जिया, भारत, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंका छन् । यसअघि कतार प्रवेश गर्ने यात्रुले दुई दिनको होटेल क्वारेनटाइन र पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र पेस गर्नुपर्ने नियम थियो ।

कतार सरकारको भ्रमण तथा फिर्ता नयाँ नीतिसँगै कतार प्रवेश गर्ने नेपाली कामदारहरूलाई थप सहज हुनेछ । यसअघि दुई दिन होटेल क्वारेनटाइन बस्नु पर्दा करिब २५ हजारसम्म खर्च लाग्ने गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : १५ बजे

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज