जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, एमसीसीबारे धारणा बनाउँदै « Khabarhub

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, एमसीसीबारे धारणा बनाउँदै


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

आन्तरिक विवादका कारण लामो समयदेखि बस्न नसकेको जसपाको बैठक बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालय काठमाडौँमा सुरु हुनेछ।

बैठकले अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखी स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल गर्नेछ ।

‘आजको बैठकमा एमसीसी‍, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन पछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।

यसअघि तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ३९ बजे

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार