प्रहरी भर्नाविरुद्धको रिटमा सर्वोच्चको अल्पकालीन आदेश « Khabarhub

प्रहरी भर्नाविरुद्धको रिटमा सर्वोच्चको अल्पकालीन आदेश


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय सरकारले निकालेको प्रहरी भर्नाको विज्ञापनविरुद्ध मधेश सरकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले दुवै पक्षलाई फागुन १५ गते छलफलका लागि बोलाएको मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी दिएका हुन् ।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयविरुद्ध फागुन ३ गते रिट दिएका थिए ।

प्रहरी कर्मचारी समायोजन ऐन २०७६ विपरीत प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गरेको भन्दै मन्त्री साहले उत्प्रेषणयुक्त परमादेशलगायत पाउँ भन्दै रिट दायर गरेका थिए ।

प्रहरी प्रधान कार्यालयले गत मंसिर १० गते प्रहरी निरीक्षकदेखि भान्छेसम्मको पदमा विज्ञापन निकालेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन