‘नेपाली पात्रो’को प्रमुख कार्यकारी अधिृकतमा देवकोटा नियुक्त « Khabarhub

‘नेपाली पात्रो’को प्रमुख कार्यकारी अधिृकतमा देवकोटा नियुक्त


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् ।

देवकोटा डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय रहेका छन् ।

२०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’ बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराईको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’ मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।

उनी रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’ मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्सांकन विज्ञका रूपमा पनि छवि बनाएका छन् ।
देवकोटाले फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवसका दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।

२०६३ साल सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ २०६६ मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरूका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो ।

नेपाली पात्रोको एप्लिेकेशनबाट मौलिक चाडपर्व, तिथि–मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधिका साथै भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदीको दैनिक दररेट, मौसमलगायतबारे जानकारी लिन सकिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ०९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय