ट्राफिक प्रहरीलाई विशेष अनुशिक्षण तालिम दिइयो « Khabarhub

ट्राफिक प्रहरीलाई विशेष अनुशिक्षण तालिम दिइयो


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीको ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम सम्पन्न भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम सम्पन्न भएको हो ।

समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमका दौरान सिकेका व्यावसायिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा लागु गर्न निर्देशन दिए ।

उनले ट्राफिक प्रहरी नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनुपर्ने पनि बताए ।

अनुशिक्षणमा प्रहरीले नागरिक तथा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार, लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृति, परम्परा, भाषा तथा प्रचलनको सम्मानसहितको

प्रहरी कार्य जस्ता विविध विषयमा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको महाशाखाले जनाएको छ ।

पाँचदिने तालिममा ३५ प्रशिक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : १४ बजे

साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी