लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते « Khabarhub

लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।

आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्सा कोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ । आगलागीबाट २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ३८ बजे

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री