साउदीमा कामदारको स्वास्थ्य बिमा नगर्ने कम्पनीलाई जरिवाना तोकियो « Khabarhub

साउदीमा कामदारको स्वास्थ्य बिमा नगर्ने कम्पनीलाई जरिवाना तोकियो



दोहा – साउदी अरेबियामा कामदारको स्वास्थ्य बिमा नगर्ने कम्पनीले प्रति व्यक्ति २० हजार साउदी रियालसम्म तिर्नुपर्ने भएको छ ।

मानव संसाधन र सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका कम्पनीहरूमा काम गर्ने आफ्ना सबै कामदार (साउदी नागरिक र आप्रवासी कामदार) र उनीहरूका आश्रितहरूका लागि रोजगारदाता कम्पनीले स्वास्थ्य बिमा उपलब्ध गराउन आवश्यक रहेको जनाएको छ।

कार्यरत कामदारको स्वास्थ्य बिमा नगराउने रोजगारदाता कम्पनीहरूले प्रति व्यक्ति २० हजार रियालसम्म जरिवाना तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

५१ वा सोभन्दा बढी कामदार भएका कम्पनीले ‘क’ श्रेणीमा प्रत्येक कामदारलाई अधिकतम २० हजार, ११ देखि ५० जनासम्म कामदार भएका कम्पनीले‘बी’ श्रेणीमा प्रत्येक कामदारलाई ५ हजार र १० वा सोभन्दा कम कामदार भएका कम्पनीले ‘सी’ श्रेणीमा प्रत्येक कामदारलाई २ हजार रियाल जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य बिमा नगर्ने कामदारको समस्या पत्ता लगाउन स्वास्थ्य बिमा परिषद्सँग एकीकृत सम्पर्क गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।निजी क्षेत्रका कामदारहरूको स्वास्थ्य बिमा नगराए रोजगारदाताले कानुन उल्लङ्घन गरेको मानिने र जरिवाना गरिने उल्लेख छ ।

मन्त्रालयले आफ्नो क्षेत्र र कार्यालय अनुगमन मार्फत उल्लङ्घनहरूको अनुगमन गरिरहेको, श्रम कानुन उल्लङ्घन सम्बन्धी प्रतिवेदन र गुनासोहरू सम्बोधन गर्न मन्त्रालयको कल सेन्टर वा टुगेदर फर मोनिटरिङ एप्लिकेसन मार्फत प्राप्त रिपोर्टहरू तुरुन्तै सम्बोधन गर्ने जनाएको छ।

स्वास्थ्य बिमा परिषद्सँग समन्वय गरी सबै कम्पनी तथा प्रतिष्ठानले आफ्ना कामदारको स्वास्थ्य बिमाको नियम पालना गरेको सुनिश्चित गर्न निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

भर्खरै, स्वास्थ्य बिमा परिषद्ले एकीकृत राष्ट्रिय स्वास्थ्य प्लेटफर्म नफिसमा लिङ्क गर्ने प्रक्रियालाई सहज बनाएर सरोकारवालाहरूलाई सशक्त बनाउन ‘सफ्टवेयर कन्सेक्टथाओन’ नामक कार्यक्रम आयोजना गरेको साउदी मन्त्रालयलाई उद्धृत गर्दै ग्याजेटले जनाएको छ।

कार्यक्रमको उद्देश्य स्वास्थ्य बिमा क्षेत्रमा सेवा र कारोबारको गुणस्तर र दक्षता अभिवृद्धि गर्नु र बिमा सरोकारवालाहरूले सामना गर्ने समस्याहरूको समाधान खोज्नमा योगदान पुर्‍याउनु रहेको छ । साउदी अरेबियामा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ३५ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र