युरोपले रुसलाई रोक्न ढिलो गरेको जेलेन्स्कीको टिप्पणी « Khabarhub

युरोपले रुसलाई रोक्न ढिलो गरेको जेलेन्स्कीको टिप्पणी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई रोक्न युरोपेली मुलुकहरुले ढिला गरेको टिप्पणी गरेका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा बसेको युरोपेली परिषद्को सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हन्

‘तपाईहरुले प्रतिबन्ध लगाउनु भएको छ, हामी कृतज्ञ छौँ । यो निकै शक्तिशाली कदम हो ।’ उनले भने, ‘तर यो केही ढिला भयो… त्यतिबेला मौका थियो ।’

युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै रुसमाथि प्रतिबन्ध लगाइएको भए सायद रुस पछि हट्ने उनको भनाइ थियो ।

उनले रुसबाट युरोपतर्फ सीधै ग्यास लैजान बनाइएको नोर्डस्ट्रिम २ पाइपलाइनलाई अगाडि नै रोकेको भए ‘रुसले ग्यास संकटको सिर्जना नै नगर्ने’ समेत बताए ।

त्यसपछि युक्रेनलाई युरोपेली युनियनको सदस्यता दिन आग्रह गर्दै उनले भने ‘कृपया आइन्दा ढिलो नगर्नुहोला ।’

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ३५ बजे

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि