नेपाल आउनुअघि चिनियाँ विदेशमन्त्रीको भारतमा उच्चस्तीरय भेटवार्ता « Khabarhub

 नेपाल आउनुअघि चिनियाँ विदेशमन्त्रीको भारतमा उच्चस्तीरय भेटवार्ता


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आउनुअघि भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहितका शीर्ष अधिकारीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग दोभलकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेका थिए । दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए ।

भेटवार्ताका क्रममा भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि छलफल भएको जनाइएको छ ।

दक्षिण एसियाली देशको भ्रमण गर्ने क्रममा उनी बिहीबार बेलुका भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको उदीयमान अर्थतन्त्र भएका मुलुकहरुको समूह ब्रिक्सको सम्मेलनका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री भारत आएको बताइएको छ ।

भारत आउनु अघि उनी पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठनको बैठकमा सहभागी भएका थिए । इस्लामावादपछि उनी एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।

उनी शुक्रबार नै काठमाडौं आउने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ०७ बजे

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र