क्रिप्टोकरेन्सीमार्फत उर्जा आपूर्तिको भुक्तानी लिनेबारे विचार गर्दै रुस « Khabarhub

क्रिप्टोकरेन्सीमार्फत उर्जा आपूर्तिको भुक्तानी लिनेबारे विचार गर्दै रुस


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिप्टोकरेन्सीमार्फत तेल र ग्यासको भुक्तानी स्वीकार गर्ने विषयमा रुसले विचार गरिरहेको खुलासा भएको छ । रुसको युनाइटेड रसिया पार्टीका नेता पाभेल जभाल्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसले ‘सहिष्णु मुलुकहरू’ ले रुसी तेल र ग्यासको भुक्तानी बिट्कोइन क्रिप्टोकरेन्सीमार्फत गर्न सक्नेबारे विचार गरिरहेको हो ।

रुसी संसद्को उर्जा समितिका प्रमुख रहेका उनले उर्जा निर्यातबाट प्राप्त भुक्तानीको वैकल्पिक बाटो खोजिरहेको बताएका हुन् । चीन र टर्कीले ‘रुसमाथि प्रतिबन्धात्मक दबाब’ नदिएको भन्दै यस्ता सहिष्णु मुलुकले रुसी उर्जाको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत् गर्न सक्नेबारे विचार भइरहेको उनको भनाइ छ ।

‘हामीले चीनसँग राष्ट्रिय मुद्राहरु रुबल र युआनमा कारोबार गर्न प्रस्ताव गरिरहेका छौं । टर्कीसँग लिरा र रुबलमा कारोबार हुनसक्छ ।’ उनले थपे, ‘हामी क्रिप्टोकरेन्सीमा पनि कारोबार गर्न सक्छौँ ।’

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुकहरू’ ले रुसी ग्यासको भुक्तानी रुसी मुद्रा रुबलमा नै गर्नुपर्ने बताएका थिए । युक्रेनमाथि आक्रमण गरेयता निरन्तर ओरालो लागिरहेको रुसी मुद्राको साख जोगाउनका लागि रुसले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि रुसी आक्रमण लगत्तै अमेरिका, बेलायत, युरोपेली युनियनजस्ता आर्थिक महाशक्तिले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेपछि यो वर्ष रुसी मुद्राको भाउ २० प्रतिशत सम्म घटेको छ ।

यद्यपि रुसको उर्जा निर्यातमा भने कमी नआएको र रुस अझै ग्यासको विश्वमा सबैभन्दा ठूलो र तेलको दोश्रो ठूलो निर्यातकर्ता रहेको बताइएको छ ।

यद्यपि क्रिप्टोकरेन्सी स्वीकार गर्ने रुसी कदमले विश्व उर्जा बजारमा उर्जाको मूल्यमा ठूलो हलचल आउने विश्लेषकहरुको भनाइ छ । यो वर्षमात्रै बिट्कोइन क्रिप्टोकरेन्सीको भाउमा ३० प्रतिशतको उतारचढाव आएको छ ।

यसबाहेक चीनजस्ता मुलुकमा बिट्कोइन प्रतिबन्धित रहेकाले यसबारे पनि अन्यौल रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ३५ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन