क्रिप्टोकरेन्सीमार्फत उर्जा आपूर्तिको भुक्तानी लिनेबारे विचार गर्दै रुस « Khabarhub

क्रिप्टोकरेन्सीमार्फत उर्जा आपूर्तिको भुक्तानी लिनेबारे विचार गर्दै रुस


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिप्टोकरेन्सीमार्फत तेल र ग्यासको भुक्तानी स्वीकार गर्ने विषयमा रुसले विचार गरिरहेको खुलासा भएको छ । रुसको युनाइटेड रसिया पार्टीका नेता पाभेल जभाल्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसले ‘सहिष्णु मुलुकहरू’ ले रुसी तेल र ग्यासको भुक्तानी बिट्कोइन क्रिप्टोकरेन्सीमार्फत गर्न सक्नेबारे विचार गरिरहेको हो ।

रुसी संसद्को उर्जा समितिका प्रमुख रहेका उनले उर्जा निर्यातबाट प्राप्त भुक्तानीको वैकल्पिक बाटो खोजिरहेको बताएका हुन् । चीन र टर्कीले ‘रुसमाथि प्रतिबन्धात्मक दबाब’ नदिएको भन्दै यस्ता सहिष्णु मुलुकले रुसी उर्जाको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत् गर्न सक्नेबारे विचार भइरहेको उनको भनाइ छ ।

‘हामीले चीनसँग राष्ट्रिय मुद्राहरु रुबल र युआनमा कारोबार गर्न प्रस्ताव गरिरहेका छौं । टर्कीसँग लिरा र रुबलमा कारोबार हुनसक्छ ।’ उनले थपे, ‘हामी क्रिप्टोकरेन्सीमा पनि कारोबार गर्न सक्छौँ ।’

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुकहरू’ ले रुसी ग्यासको भुक्तानी रुसी मुद्रा रुबलमा नै गर्नुपर्ने बताएका थिए । युक्रेनमाथि आक्रमण गरेयता निरन्तर ओरालो लागिरहेको रुसी मुद्राको साख जोगाउनका लागि रुसले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि रुसी आक्रमण लगत्तै अमेरिका, बेलायत, युरोपेली युनियनजस्ता आर्थिक महाशक्तिले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेपछि यो वर्ष रुसी मुद्राको भाउ २० प्रतिशत सम्म घटेको छ ।

यद्यपि रुसको उर्जा निर्यातमा भने कमी नआएको र रुस अझै ग्यासको विश्वमा सबैभन्दा ठूलो र तेलको दोश्रो ठूलो निर्यातकर्ता रहेको बताइएको छ ।

यद्यपि क्रिप्टोकरेन्सी स्वीकार गर्ने रुसी कदमले विश्व उर्जा बजारमा उर्जाको मूल्यमा ठूलो हलचल आउने विश्लेषकहरुको भनाइ छ । यो वर्षमात्रै बिट्कोइन क्रिप्टोकरेन्सीको भाउमा ३० प्रतिशतको उतारचढाव आएको छ ।

यसबाहेक चीनजस्ता मुलुकमा बिट्कोइन प्रतिबन्धित रहेकाले यसबारे पनि अन्यौल रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ३५ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर