नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन्: भुवन केसी « Khabarhub

नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन्: भुवन केसी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता भुवन केसीले नेपाल सरकारको व्यवहार नेपाली फिल्मकै लागि सम्मानजनक नरहेको गुनासो गरेका छन् । नेपाली फिल्म मैत्री नीति नहुँदा त्यसको मारमा नेपाली फिल्म पर्ने गरेको उनले गुनासो गरेका हुन् ।

’नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन् । किनकि नेपाल सरकारको मायालु र मितव्ययी दृष्टिकोण आफ्नै फिल्मलाई छैन’ भुवनले भने । ’ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका अभिनेता केसीले नेपाली फिल्म अब विदेशी फिल्मसँग नडराई भिड्ने बताए । उनले यसको सुरुवात ’ए मेरो हजुर ४’ ले गरेको हुँदा यसमा सबैलाई साथ दिन आग्रह गरे ।

कोरोना महामारी पश्चात् थालिएको फिल्म क्षेत्र चलायमान भइरहेको समयमा सबैको साथ आवश्यक रहेकोमा उनले जोड दिए । ’अब हाम्रो नेपाली फिल्म ठूला विदेशी फिल्मसँग लड्ने छन् । हाम्रो कलाकार र प्राविधिक पनि लड्ने छन् । हामीलाई दर्शकको झैँ नेपाल सरकारको पनि नेपाली फिल्म मैत्री नीति सहितको साथ चाहिएको छ’ भुवनले भने । उनले विदेशी फिल्मसँग नेपाली फिल्म नेपालमै असुरक्षित महसुस गर्नु दुखद रहेको प्रतिक्रिया दिए ।

’हामीले यहीँ नेपाली फिल्म राम्रोसँग चलाउन पाएनौ भने अब के हुन्छ ?’ उनले प्रतिप्रश्न गरे । उनले अब आउँदो समयमा अन्य फिल्मले पनि विदेशी फिल्मसँग भिड्ने आट गर्ने विश्वास व्यक्त गरे । ’सुरुवात ए मेरो हजुर ४ ले गरेको छ । यसलाई सबैले साथ दिनुपर्छ । किनकि आउने समयमा हामीले अझै फाइट गर्नु छ’ उनले भने । भुवनले यो लडाई मा दर्शक झैँ नेपाली वितरक र प्रदर्शकलाई पनि साथ दिन आग्रह गरे ।

नेपाली फिल्मलाई अगाडी बढाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनको विशेष जोड रहेको थियो । वैशाख १ गते नेपाली फिल्मका लागि राम्रो डेट मानिन्छ । यद्यपि सोही डेटमा विदेशी फिल्महरू आउने भएपछि नेपाली फिल्मलाई शोमा तल पार्न नहुने आवाज उठिरहेको छ । काठमाडौँमा कार्यक्रम गर्दै सार्वजनिक गरिएको फिल्म ’ए मेरो हजुर ४’ ट्रेलर मुख्य पात्र अनमोल केसी र सुहाना थापा केन्द्रित छ । यी दुईको प्रेम र बिछोडकेन्द्रित ट्रेलरलाई फ्यानले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । कार्यक्रममा बोल्दै अनमोलले फिल्मले दर्शकलाई निराश नबनाउने बताए । ‘ए मेरो हजुर ४ नाकै खुम्चाउने फिल्म बनेको छैन । यसले म जस्ता युथलाई निराश बनाउँदैन’ अनमोलले भने ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री सुहाना थापाले अघिल्लो झैँ यसपटक अझै बढी साथ र सहयोगको खाँचो रहेको बताइन । फिल्मकी निर्देशक झरना थापाले नेपाली फिल्मलाई हेरेर सल्लाह सुझाव दिन आग्रह गरिन् । ‘नेपाली फिल्मलाई माया गर्नु पर्छ भन्ने मात्र छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने अधिकार दर्शकसँग छ । तर , फिल्म हेरेर कमेन्ट गरिदिनु होला’ झरनाले भनिन् ।

फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत , रेअर राई , रवि गिरी लगायतको अभिनय रहेको छ । फिल्ममा संजय लामाको छायांकन , हिमाल केसीको द्वन्द्व , रामजी लामिछाने , कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा , झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : १३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र