अमेरिकाले युरोपलाई थप १५ अर्ब घनमिटर ग्यास दिने « Khabarhub

अमेरिकाले युरोपलाई थप १५ अर्ब घनमिटर ग्यास दिने


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युरोपबीच उर्जासम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा रहेका बेला यो उर्जा सम्झौतामा हस्ताक्षार भएको हो ।

सम्झौताअनुसार अमेरिकाले युरोपेली युनियन ईयूमा थप १५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नेछ । यो वर्षको अन्त्यबाट अमेरिकाले युरोपतर्फ थप १५ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी) पठाउने विषयमा सम्झौता भएको बीबीसीले जनाएको छ ।

हाल ईयू रुसी उर्जामा निर्भर छ । युरोपमा ग्यास उपभोगको ४० प्रतिशत रुसले आपूर्ति गर्दै आएको बताइन्छ । युक्रेनमाथि रुसले आक्रमण गरेसँगै ईयूले यसअघि नै रुसी ग्यासको निर्भरतालाई यो वर्षको अन्त्यसम्म दुई तिहाईले घटाउने स्पष्ट पारिसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण उसैपनि उच्च रहेको उर्जाको मूल्य युक्रेनमाथि रुसी आक्रमणसँगै अकाशिन पुगेको छ । यही क्रममा युरोप उर्जाका लागि नयाँ विकल्पको खोजीमा रहेका कारण पछिल्लो सम्झौतालाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ०२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस