चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् ।

तीनदिने भ्रमणका लागि विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै भर्खरै काठमाडौं उत्रिएका हुन् ।

विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थिए।

विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् ।

वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले भोलिबाट मात्र औपचारिक वार्ता थाल्नेछन्।

भोलि शनिवार मन्त्री यीले समकक्षी खड्कासँग वार्ता गर्नेछन्। भोलि नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणको अन्तिम दिन आइतबार वाङको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ।

वाङले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यतालिका भने सार्वजनिक गरिएको छैन।

चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि विशेष सुरक्षा टोली तैनाथ गरिएको छ।

https://www.facebook.com/watch/?v=276096354707435&ref=sharing

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : ०९ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले