रोहित पौडेलको कीर्तिमानी पारीका बावजुद नेपाल पराजित « Khabarhub

रोहित पौडेलको कीर्तिमानी पारीका बावजुद नेपाल पराजित


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोहित पौडेल एक दिवसीय क्रिकेटमा एकै इनिङ्गमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

कीर्तिपुरको टियू मैदानमा पपुवा न्यूगिनी विरुद्ध भएको खेलमा उनले सर्वाधिक १२६ रन बनाए ।

१०७ बलको सामना गरेका उनलाई ४५ ओभर २ बलमा नोरमन भानुआले आउट गरेका थिए ।

यसअघि यो कीर्तिमान पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो ।

खड्काले युएईविरुद्ध सन् २०१९ मा सर्वाधिक ११५ रन बनाएका थिए ।

रोहितको कीर्तिमानी पारीका बावजुद खेलमा नेपाल भने ६ रनले पराजित भएको छ ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएपछि नेपालले २९३ रनको लक्ष्य पाएको थियो । नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान २ विकेट लिए ।

त्यस्तै, पवन सर्राफ र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । दोश्रो इनिङमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै केबल २८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितले १२६ रन बनाउनुबाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् ।

आरिफ शेखले ३४ र ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ३२ रन बनाए । नेपालले भोलि नै पपुवा न्यूगिनीविरुद्ध दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : २२ बजे

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा