काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत « Khabarhub

काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूको मत रहेको बताएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए ।

प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले जबर्जस्ती निर्णय नलाद्ने र गठबन्धन गर्ने/नगर्ने बारेको निणर्य केन्द्रीय कमिटी बैठकले गर्ने बताए ।

उनले स्थानीय तहको आवश्यकतालाई वेवास्ता गरेर केन्द्रबाट कुनै निर्णय नलाद्ने बताए । उनले सभापतिले गठबन्धन लाद्न खोजेको भन्दै गलत प्रचार भइरहेको पनि बताए । बैठकमा केन्द्रीय सदस्यहरूले सम्बन्धित जिल्लाको तल्लो तहको संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : २७ बजे

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट